काठमाडौं, १९ साउन । प्रतिनिधिसभाको मंगलबार बसेको बैठक पनि विपक्षी दलको अवरोधबीच सुरु भएको छ ।
बैठक प्रारम्भ हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । विपक्षीको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सचेतक निश्कल राईलाई आफ्नो धारणा राख्न समय दिएका थिए ।
सचेतक राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिबारे सरकारको स्पष्ट जवाफ माग्दै उक्त विषय गम्भीर भएकाले प्रधानमन्त्रीले सदनमा आएर स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।














