सुनसरी, १९ साउन । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा १० साउनमा भएको दुई समूहबीचको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
गोली लागेर घाइते भएका २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि २५ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहताको पनि उपचारकै क्रममा मृत्यु भएको थियो । घटनामा अझै केही घाइतेको काठमाडौं र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
१० साउनको झडपमा प्रहरीले गोली चलाउँदा १० जना गम्भीर घाइते भएका थिए ।














