काठमाडौं, १९ साउन । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज अपराह्न ३ बजे सिंहदरबारस्थित मन्त्रालयमा राजनीतिक बिटका पत्रकारसँग अन्तरक्रिया गर्ने भएका छन् ।
अन्तरक्रियामा सरकारी सूचना प्रवाहमा देखिएका समस्या, चुनौती, नीतिगत सुधार तथा सरकार–सञ्चारमाध्यमबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।
साथै सूचना प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउने उपायबारे पत्रकारहरूसँग सुझाव आदानप्रदान गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्री पोखरेलले पछिल्लो समय सञ्चारमाध्यम, पत्रकार तथा शिक्षा क्षेत्रका सरोकारवालासँग निरन्तर संवाद गर्दै नीतिगत सुधार र पारदर्शितालाई प्राथमिकता दिँदै आएको सचिवालयको दाबी छ ।














