काठमाडौं, १८ साउन । जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद नथपी रिहा गर्न आदेश दिएको छ ।
आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराध, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले सात दिनको म्याद थप माग गर्दै अदालतमा उपस्थित गराएको थियो ।
तर अदालतले म्याद थप गर्न अस्वीकार गरेपछि प्रसाईंलाई रिहा गर्ने आदेश दिएको हो । आदेशपछि प्रहरीले उनको रिहाइ प्रक्रिया अघि बढाएको जनाएको छ ।














