काठमाडौं, १८ साउन । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी-ले सोमबार पक्राउ गरेको छ ।
तिब्बती शरणार्थीको नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र -ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा उनीविरुद्ध राहदानी कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो ।
मुद्दा दायर हुँदा अदालतमा उपस्थित नभएपछि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो । सोही आदेशका आधारमा सीआईबीले भट्टराईलाई नियन्त्रणमा लिएको हो ।














