सिन्धुली, १८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी राजमार्गबाट सोमबार बिहान यात्रुवाहक कार सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ ।
प्रहरीका अनुसार कारमा तीनदेखि चार जना सवार रहेको प्रारम्भिक सूचना छ भने कारको नम्बर अझै खुल्न सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार बसको ठक्करपछि कार नदीमा खसेको हुन सक्ने अनुमान गरिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान गरिरहेको छ । कार पूर्ण रूपमा नदीमा डुबेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।














