जनकपुर, १८ साउन। जनकपुरधामस्थित राम जानकी तत्मा कुटी परिसरमा लोटस केयर पोलिक्लिनिक प्रा.लि. को औपचारिक उद्घाटन कार्यक्रम आगामी २०८३ साउन २३ गते बिहान १०:३० बजे आयोजना हुने भएको छ।
पोलिक्लिनिकका अनुसार उद्घाटन समारोहमा सम्पूर्ण स्वजातीय समुदाय, शुभेच्छुक, समाजसेवी तथा स्थानीयवासीलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक अनुरोध गरिएको छ।
पोलिक्लिनिकमा डा. शत्रुधन दास (PT) ले फिजियोथेरापी सेवा प्रदान गर्नेछन्। उनी हाडजोर्नी तथा नसारोग विशेषज्ञ (Gold Medalist) हुन्।
यहाँ पक्षघात (प्यारालाइसिस), घुँडा दुखाइ, कम्मर दुखाइ, काँध दुखाइलगायत विभिन्न हाडजोर्नी तथा स्नायु सम्बन्धी समस्याको फिजियोथेरापीमार्फत उपचार गरिने जनाइएको छ।
यसका साथै फिजिसियन, अर्थोपेडिक, न्युरोलोजी, गायनाकोलोजी, पेडियाट्रिक्स, प्रयोगशाला (ल्याब), एक्स–रे तथा सिटी स्क्यानलगायतका स्वास्थ्य सेवासमेत उपलब्ध गराइने पोलिक्लिनिकले जनाएको छ।














