सर्लाही, १८ साउन । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा सवारी जाँचका क्रममा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
सोमबार बिहान करिब ५:३० बजे इलाका प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कार जाँच गर्दा डिक्कीमा लुकाइएका २३ पोकाबाट करिब १०९ किलो गाँजा बरामद गरेको हो ।
प्रहरीले भारतको बिहार, सितामढी जिल्लाका २६ वर्षीय दीपक कुमार महतो र २५ वर्षीय अमन कुमारलाई पक्राउ गरेको छ । गाँजा, कार र दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














