काठमाडौं, १७ साउन । सुनसरी र तराईका विभिन्न जिल्लामा देखिएको तनाव मत्थर भएपछि गृहमन्त्री सुधन गुरुङ चार दिनपछि काठमाडौं फर्किएका छन् ।
साउन १४ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटपछि सुनसरी पुगेका गृहमन्त्रीले मृतकका परिवारसँग सहमति गरेका थिए । त्यसपछि सिराहा र धनुषामा पुगेर हिन्दु सम्राट सेनासँग दुई चरणमा वार्ता गरेका थिए ।
वार्तामा लिखित सहमति नभए पनि मौखिक समझदारी भएको र त्यसपछि हिन्दु सम्राट सेनाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको बताइएको छ ।
गृहमन्त्रीले काठमाडौं फर्किएपछि समझदारीका बुँदा कार्यान्वयनमा लैजाने तथा प्रधानमन्त्रीलाई आफ्नो भ्रमणबारे जानकारी गराउने तयारी गरेका छन् ।














