काठमाडौं, १६ साउन । तराईका विभिन्न जिल्लामा हालै देखिएको जातीय तथा धार्मिक तनावपछि सामाजिक सद्भाव र शान्तिको सन्देश दिन नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले शनिबार काठमाडौंमा सद्भाव ¥याली आयोजना गरेका छन् ।
सुनसरी र सिराहामा भएका हिंसात्मक घटनापछि उत्पन्न तनाव तथा केही जिल्लामा जारी निषेधाज्ञाको पृष्ठभूमिमा निकालिएको ¥यालीमा सहभागीहरूले सबै जाति र धर्मबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व कायम गर्नुपर्नेमा जोड दिएका छन् ।














