सुनसरी, १६ साउन । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी कफ्र्यु आदेश हटाएर निषेधाज्ञा लागू गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार साउन १२ गते राति ९ बजेदेखि लागू कफ्र्यु शुक्रबार बिहान ५ः३० बजेदेखि हटाइएको हो । अब अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा लागू रहनेछ ।
निषेधाज्ञा अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न रोक लगाइएको प्रशासनले जनाएको छ।
शान्ति–सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले कफ्र्यु हटाएर निषेधाज्ञा लागू गरिएको प्रशासनको भनाइ छ ।
निषेधाज्ञा इटहरीका वडा नं. १६ र १७, रामधुनीका वडा नं. १ र २ तथा इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जुका सम्पूर्ण क्षेत्रमा लागू हुनेछ ।













