जनकपुर, १५ साउन । सुनसरी घटनापछि धनुषामा उत्पन्न शान्ति–सुरक्षा अवस्थाबारे समीक्षा गर्न बसेको सर्वपक्षीय सद्भाव समितिको बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बैठकले धर्म, जाति र समुदायबीच सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, स्थानीय तह र सरोकारवालाले सक्रिय भूमिका खेल्ने निर्णय गरेको छ ।
साथै, सामाजिक सञ्जालमा भ्रामक सूचना र घृणात्मक सामग्री फैलाउन नदिन सचेत रहन आग्रह गर्दै जनकपुरधाम तथा जिल्लाभर सद्भाव ¥याली आयोजना गर्ने निर्णय पनि गरिएको छ ।















