काठमाडौं, १४ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्दै तराई–मधेशसहित विभिन्न जिल्लामा उत्पन्न सुरक्षा अवस्थाबारे जानकारी गराएका छन् ।
राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै राष्ट्रपति निवास पुगेका प्रधानमन्त्री शाहले सुनसरी, सिरहालगायत जिल्लामा शान्ति–सुरक्षा कायम गर्न सरकारले गरिरहेका प्रयास, सुरक्षा निकायको परिचालन तथा सेना परिचालनको अवस्थाबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार देशका विभिन्न स्थानमा बढ्दो हिंसात्मक घटनाप्रति चासो व्यक्त गर्दै राष्ट्रपति पौडेलले सबै राजनीतिक दल र सरोकारवालालाई साथमा लिएर संयमतापूर्वक स्थिति सामान्य बनाउन तथा सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
साथै, नागरिकले शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था यथाशीघ्र सुनिश्चित गर्न पनि राष्ट्रपतिले आग्रह गरेका छन् ।












