विराटनगर, १४ साउन । सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको छ ।
यससँगै उक्त घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । देवानगञ्ज–३ निवासी मेहताको उपचारका क्रममा दिउँसो १:२४ बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
घटनामा गोली लागेर घाइते भएका अन्य ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए ।














