सिरहा, १४ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षा अवस्था संवेदनशील बनेपछि गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा बिहीबार दिउँसो २ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कसहा खोलादेखि चोहर्वा चोक तथा सैनिक चोकदेखि राप्रपा बहुमुखी क्याम्पस क्षेत्रसम्म कफ्र्यू लागू गरिएको हो ।
आन्दोलन तथा सम्भावित हुलदंगाबाट शान्ति–सुरक्षा भंग हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यो निर्णय गरेको जनाएको छ ।















