काठमाडौं, १४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा-का पूर्व उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व नवयुवराज हृदयन्द्र वीरविक्रम शाहलाई जन्मदिनको शुभकामना दिँदै भविष्यमा राजगद्दी सम्हाल्न मानसिक, भावनात्मक र बौद्धिक रूपमा तयार रहन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले नेपालमा राजसंस्थाको पुनस्र्थापना आवश्यक रहेको दाबी गर्दै वर्तमान राजनीतिक अवस्था र भू–राजनीतिक संवेदनशीलताले त्यसको आवश्यकता झन् बढाएको बताएका छन् ।
मिश्रले देशको भविष्य सुरक्षित गर्न राजसंस्थाको पुनस्र्थापना आवश्यक रहेको आफ्नो पुरानै अडान दोहोर्याएका छन् ।














