जनकपुर, १३ साउन । धनुषाको हन्सपुर नगरपालिका–३ नरैयामा मोटरसाइकल क्षतिग्रस्त अवस्थामा फेला परेपछि बेपत्ता भनिएका २५ वर्षीय साजन दास सकुशल रहेको खुलेको छ ।
साजनले साउन ७ गते विराटनगरबाट परिवारलाई फोन गरेर आफू सुरक्षित रहेको जानकारी दिएका छन् । उनका अनुसार उनी साउन ६ गते राति करिब ११ बजे मोटरसाइकल लिएर घरबाट निस्किएपछि विराटनगर पुगेका थिए ।
उनी हाल विराटनगरस्थित एक कलेजमा कानून -एलएलबी- अध्ययनरत विद्यार्थी हुन् । यसअघि नरैयास्थित पोखरी नजिक प्रदेश २–०२–००१ प २२३४ नम्बरको मोटरसाइकल क्षतिग्रस्त अवस्थामा फेला परेपछि साजन बेपत्ता भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
घटनाले स्थानीयवासीमा त्रास फैलिएको थियो भने परिवार पनि चिन्तित बनेको थियो । तर साजन आफैंले परिवारसँग सम्पर्क गरी आफू सकुशल रहेको जानकारी दिएपछि बेपत्ताको आशंका हटेको छ ।
मोटरसाइकल साजनबाट नै बाईक दुर्घटना भएको समेत जानकारी गराए ।














