काठमाडौं, १३ साउन । एक अर्ब ८९ करोडभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो -सीआईबी)ले ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाललाई काठमाडौंको बनस्थलीबाट पक्राउ गरेको छ ।
सीआईबीका अनुसार धादिङ घर भई हाल नागार्जुन–८ बस्दै आएका रिजालले अन्य व्यक्तिसँग मिलेमतो गरी व्यक्तिगत बैंक खाता प्रयोग गरेर १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














