काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सुनसरी घटनालगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका महासचिव शंकर पोखरेल तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत शीर्ष नेताहरू सहभागी छन् ।













