काठमाडौं, १२ साउन । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १६८ -२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । शाहीले एमालेका ९ र नेकपाका १४ गरी २३ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक थियो। एमालेका यामलाल कँडेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो ।














