बुटवल, १२ साउन । केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरणअनुसार नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक राजीनामा बुझाएका छन् ।
राजीनामा दिने मन्त्रीहरूमा सरोज थापा, धनेन्द्र कार्की, प्रचण्डविक्रम न्यौपाने, जन्मजय तिमिल्सिना र देवकरणप्रसाद कलवार रहेका छन् ।
कांग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनीमा नेकपा -एमाले) र नेपाल कम्युनिस्ट पार्टी -नेकपा) को संयुक्त सरकार गठनको तयारी सुरु भएको छ ।
नयाँ मन्त्री नियुक्ति र मन्त्रालय बाँडफाँटका विषयमा दुई दलबीच छलफल जारी रहेको जनाइएको छ ।














