काठमाडौं, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा देवानगञ्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहता रहेका छन्। सुरक्षा अधिकारीका अनुसार उनको शरीरमा एक राउन्ड गोली लागेको थियो।
घटनामा अन्य ९ जना स्थानीय घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घाइतेमध्ये दुई जनालाई गोली लागेको छ भने अन्य सात जना झडपका क्रममा घाइते भएका हुन्। घाइतेमध्ये दुई स्थानीयको अवस्था गम्भीर रहेको जनाइएको छ।
झडप नियन्त्रणका क्रममा प्रहरी निरीक्षक राकेश राईसहित नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरी बलका १० जना सुरक्षाकर्मी पनि घाइते भएका छन्।
घाइतेहरूको विराटनगरस्थित न्युरो अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको छ। घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
घाइतेहरू :
न्युरोमा उपचार भइरहेकाहरू
१. जयप्रकाश मेहता, २० वर्ष, देवानगञ्ज–३ (पेटमा चोट अवस्था गम्भीर)
२. मिथलेश यादव, २२ वर्ष, देवानगञ्ज–३ (बायाँ कोखामा चोट)
३. अमलेश मेहता, १८ वर्ष, देवानगञ्ज–३ (बायाँ काधमा चोट)
४. मिथलेश मेहता, २५ वर्ष, देवानगञ्ज–३ (बायाँ कोखामा चोट)
५. अमित कुमार यादव, २० वर्ष (बायाँ हात र कोखामा चोट, विराट नरसिंहमा रिफर)
विराट नर्सिङ होममा उपचार भइरहेकाहरू
१. रवीन्द्र मेहता, २१ वर्ष, देवानगञ्ज–३ (बायाँ तिघ्रामा चोट अवस्था गम्भीर)
२. अमित कुमार यादव, १८ वर्ष, देवानगञ्ज–३ (कम्मरमा चोट)
३. सुनिल कुमार मेहता, २५ वर्ष, देवानगञ्ज–३ (बायाँ घुँडामा चोट)
४. सुनिल कुमार मेहता, २६ वर्ष (बायाँ हातको कुहिनामा चोट)
प्रहरीतर्फ
१. राकेश राई, इन्स्पेक्टर (टाउकोमा ५ टाँका लगाएको)
२. गणेश नारायण श्रेष्ठ, सई (कुममा चोट)
३. अमरलाल यादव, प्रबह (कुममा चोट)
४. राम बहादुर राई, प्रह (टाउकोमा चोट)
५. विजय यादव, प्रह (टाउको र शरीरमा चोट)
६. नवराज पोखरेल, प्रसह (कुममा चोट)
७. बुद्ध देव साह, प्रह (टाउको र छातीमा चोट)
८. निवेश यादव, प्रज (छातीमा चोट)
९. सशस्त्र तर्फ १० जना घाइतेको नाम नखुलेको ।














