काठमाडौं, १० साउन । सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी टासी भनिने लीलाबहादुर लामाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा अनुसन्धान सुरु गरेको छ ।
कीर्तिपुरस्थित सशस्त्र प्रहरी विद्यालयमा ११ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनीहरू असार २० गते पक्राउ परेका थिए ।
सशस्त्र प्रहरीको आन्तरिक छानबिनले दोषी ठहर गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
विशेष अदालतले भ्रष्टाचार अनुसन्धानका लागि दुवै जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको छ ।














