काठमाडौं, १० साउन । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो -सीआईबी- ले सुलभ सर भनिने व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो ।
प्रहरीका अनुसार एमबीएस फस्र्ट सेम सेक्शन सी नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको पाँच मिनेटमै अर्गनाइजेसनल बिहेबियर विषयको प्रश्नपत्र सार्वजनिक गरिएको थियो ।
घटनापछि त्रिभुवन विश्वविद्यालयले तीन सदस्यीय छानबिन समिति गठन गर्दै सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।














