काठमाडौं, १० साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको आर्थिक विकासमा लगानी गर्न आग्रह गरेका छन् ।
अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग शनिबार भएको भर्चुअल छलफलमा उनले सरकारले एक पटकको नेपाली, सधैँको नेपाली भन्ने अवधारणाअनुसार प्रवासी नेपालीसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।
अर्थमन्त्री वाग्लेले बजेटमार्फत उद्योगमैत्री तथा लगानीमैत्री नीतिहरू कार्यान्वयन गरिएको उल्लेख गर्दै लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान सकिने स्पष्ट पारे।
साथै, एनआरएनए बन्ड, अफसोर बन्ड र वैकल्पिक वित्त परिचालनजस्ता अवधारणा प्रवासी नेपालीको लगानी आकर्षित गर्न ल्याइएको बताए ।














