काठमाडौं, ९ साउन । कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि साउन १२ गते साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको छ ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८-२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
यसअघि शनिबार मुख्यमन्त्री यामलाल कँडेलले संविधानको धारा १६९-१)-क) बमोजिम प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएका थिए । प्रदेश प्रमुखले उनको राजीनामा स्वीकृत गरिसकेका छन् ।















