काठमाडौं, ९ साउन । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच पाँच प्रदेशको सरकारको नेतृत्व बाँडफाँटमा सहमति भएको छ भने गण्डकी र मधेश प्रदेशको नेतृत्वबारे अन्य दलसँग थप परामर्श गर्ने निर्णय गरिएको छ ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको लिखित सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्नेछ ।
गण्डकी र मधेश प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्शपछि सरकारको नेतृत्व र सहभागिताको टुंगो लगाइने सहमति भएको छ ।














