काठमाडौं, ८ साउन । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा-ले आफ्ना सांसदहरूलाई परिवारका सदस्य वा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ ।
महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार जारी गरेको आन्तरिक निर्देशनमा स्वकीय सचिव नियुक्ति गर्दा नातावाद र परिवारवाद पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ ।
पार्टीले नियुक्ति पारिवारिक सम्बन्धभन्दा बाहिरका योग्य व्यक्तिबाट मात्र गर्नुपर्ने मापदण्ड तय गरेको जनाएको छ ।














