झापा, ८ साउन । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत सशस्त्र प्रहरी जवान सुदिम खत्रीको विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१३ निवासी ३० वर्षीय खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनलाई तत्काल दमकस्थित आम्दा अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीका अनुसार खत्रीले सीटीईभीटीबाट प्राविधिक तालिम प्राप्त गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।














