काठमाडौं, ७ साउन । उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले बिहीबार उक्त आदेश दिएको हो ।
अग्रवाललाई यसअघि बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी- ले डिल्लीबजारबाट पक्राउ गरेको थियो । सोही मुद्दामा दीपक भट्ट र शुलभ अग्रवाल पनि प्रतिवादी छन् ।














