काठमाडौं, ७ साउन । सिरहाको लहानमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले गोली चलाएको छ ।
विशेष अपरेशनमा खटिएको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले गोली प्रहार गर्दै ६ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार लहानस्थित अस्पताल चोक क्षेत्रमा बिहीबार दिउँसो गरिएको कारबाहीमा ५ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक पक्राउ परेका छन् ।
कारबाहीका क्रममा उनीहरूको साथबाट २२५ ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार पक्राउ पर्ने क्रममा एक भारतीय र एक नेपाली नागरिकको खुट्टामा गोली लागेको छ ।
दुवै जनाको उपचार भइरहेको छ भने पक्राउ परेका सबैमाथि लागुऔषध कारोबारसम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।














