काठमाडौं, ७ साउन । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल विरुद्ध विद्यार्थीहरूले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।
विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुगेका बेला स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु- खारेज गरिएको भन्दै असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा मेरिटोक्रेसी लागू गर र नेपोबेबी शिक्षामन्त्रीÚ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । विरोधका कारण केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएपछि प्रहरीले प्रदर्शनमा सहभागी केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।














