सिरहा, ७ साउन । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ ।
सिरहा सुपर मार्केट प्रालिको कर परीक्षण -फूल अडिट- का क्रममा पालले अडिट प्रक्रिया सहज बनाइदिने भन्दै सुरुवातमा १२ लाख रुपैयाँ मागेका थिए । कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि ५ लाख रुपैयाँमा सहमति भएको आरोप छ ।
कार्यालयमै घुस बुझ्ने क्रममा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाललाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।














