काठमाडौं, ६ साउन । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ ।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा नेता प्रकाशमान सिंहले सातै प्रदेशमा भेला सम्पन्न गरिसकेको उल्लेख गर्दै अब राष्ट्रिय भेला गर्ने निर्णय भएको बताए ।
उनले १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आफूहरूको चाहना रहेको पनि स्पष्ट पारे ।














