काठमाडौं, ६ साउन । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।
सीआईबीको टोलीले बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट अग्रवाललाई नियन्त्रणमा लिएको हो। उनी शंकर ग्रुपका अध्यक्षसमेत हुन्।
सीआईबीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्बेदीका अनुसार अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए।
पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।














