काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले राष्ट्रियता, स्वाधीनता र अखण्डतालाई सुदृढ बनाउन संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् ।
कांग्रेस इतरपक्षले आयोजना गरेको भेलामा बोल्दै उनले बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति सबै राष्ट्रिय शक्तिलाई एकताबद्ध गर्ने अवधारणामा आधारित रहेको बताए ।
उनले गोदावरी महासमिति बैठकमा बहुसंख्यक प्रतिनिधिले वैदिक सनातन धर्मको पक्षमा मत दिए पनि नेतृत्वले त्यसलाई स्वीकार नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
साथै, जनताको भावना सम्बोधन गर्न शीर्ष नेताहरू अभिभावकीय भूमिकामा उभिनुपर्ने उनको भनाइ थियो ।














