काठमाडौं, ६ साउन । बागमती प्रदेशमा नेकपा एमालेले नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोड्दै सरकारबाट बाहिरिएको छ ।
पार्टी केन्द्र र संसदीय दलका नेता जगन्नाथ थपलियाको निर्देशनअनुसार एमालेका सबै ६ मन्त्रीले मंगलबार राति मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा दिएका हुन् ।
प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर ८ कायम गर्ने तयारी पनि गरेको जनाएको छ ।














