KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अपरेशन सफल भनियो, केही घण्टामै श्रीमती गुमाएँ-धनुषाका अरुण यादवको पीडा

अपरेशन सफल भनियो, केही घण्टामै श्रीमती गुमाएँ-धनुषाका अरुण यादवको पीडा

जनकपुर, ५ साउन । धनुषाको बटेश्वर गाउँपालिका–५ निवासी २२ वर्षिय अमृता कुमारीको जनकपुरस्थित प्रादेशिक अस्पतालमा पथरीको शल्यक्रियापछि मृत्यु भएको घटनाले गम्भीर प्रश्न उठाएको छ ।

मृतकका परिवारले शल्यक्रियापछि चिकित्सक तथा अस्पताल प्रशासनले मृत्युको वास्तविक कारण नखुलाएको आरोप लगाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

मृतकका श्रीमान अरुण कुमार चौधरी-यादव-का अनुसार अमृता असार १७ गते पेटमा असह्य दुखाइ भएपछि उपचारका लागि प्रादेशिक अस्पताल पुगेकी थिइन् । परीक्षणका क्रममा चिकित्सकले उनको पेटमा १० मिलिमिटरको पथरी रहेको जानकारी दिँदै तत्काल शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका थिए ।

चिकित्सकको सल्लाहअनुसार असार १८ गते दिउँसो करिब १ः३० बजे अमृतालाई शल्यक्रिया कक्ष -ओटी-मा लगेर अपरेशन गरिएको थियो । परिवारका अनुसार अपरेशन सम्पन्न भएपछि केही घण्टासम्म उनको अवस्था सामान्य देखिएको थियो । तर साँझतिर अचानक पेट अत्यधिक दुख्न थालेपछि स्वास्थ्य अवस्था बिग्रँदै गयो ।

अन्ततः राति करिब १ बजे उनको मृत्यु भयो । श्रीमान अरुण यादवले शल्यक्रियापछि भएको मृत्युबारे चिकित्सकसँग पटक–पटक जानकारी माग्दा स्पष्ट जवाफ नपाएको गुनासो गरेका छन् ।

उनका अनुसार चिकित्सकले हामीलाई पनि बिरामीको मृत्यु कसरी भयो भन्ने थाहा छैन भन्ने जवाफ दिएको आरोप छ । परिवारले मृत्युको कारणबारे लिखित वा मौखिक रूपमा कुनै स्पष्ट जानकारी नपाएको दाबी गरेको छ ।

यादवका अनुसार घटनापछि अस्पताल प्रशासनले तत्काल शव बुझेर लैजान आग्रह गर्दै पछि बसेर छलफल गर्ने आश्वासन दिएको थियो । त्यसअनुसार साउन ५ गते अस्पताल प्रशासन र मृतक पक्षबीच छलफल भए पनि मृत्युको कारणबारे स्पष्ट निष्कर्ष ननिस्किएको उनको भनाइ छ । छलफलमा पनि विभिन्न बहाना मात्रै सुनाइयो ।

अन्ततः अस्पतालले पनि अमृताको मृत्यु किन भयो भन्ने पत्ता लगाउन नसकेको बतायो, यादवले भने । परिवारका अनुसार अमृताको शल्यक्रिया डा. राजेश साहसहितको चिकित्सक टोलीले गरेको थियो ।

तर शल्यक्रियापछि उत्पन्न जटिलता के थियो, उपचारका क्रममा कुनै कमजोरी भयो वा भएन भन्ने विषयमा अस्पतालले आधिकारिक जानकारी नदिएको उनीहरूको आरोप छ ।

घटनापछि मृतकका आफन्तले निष्पक्ष छानबिन गरी मृत्युको वास्तविक कारण सार्वजनिक गर्न, उपचार प्रक्रियाको अनुसन्धान गर्न तथा लापरबाही पुष्टि भए कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

यता यस सम्बन्धमा अस्पताललाई हामीले सम्पर्क गर्न खोजियौ तर सम्पर्कमा आएन ।

Facebook Comment

Related Posts

छठपछिको महत्वपूर्ण पर्व चौठचन्द्र आज, मधेशभर विशेष उत्साह

छठपछिको महत्वपूर्ण पर्व चौठचन्द्र आज, मधेशभर विशेष उत्साह

पशुपतिनाथ दर्शन गर्न व्रतालुको भीड, ४ हजार सुरक्षाकर्मी परिचालन

पशुपतिनाथ दर्शन गर्न व्रतालुको भीड, ४ हजार सुरक्षाकर्मी परिचालन

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

संस्थापनइतर पक्षका नेताले पाए केन्द्रीय सदस्यको हैसियत

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

ताजा समाचार

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

बालबालिकाको सुरक्षित भविष्य निर्माणमा सरकारको प्राथमिकता : प्रधानमन्त्री शाह

छठपछिको महत्वपूर्ण पर्व चौठचन्द्र आज, मधेशभर विशेष उत्साह

छठपछिको महत्वपूर्ण पर्व चौठचन्द्र आज, मधेशभर विशेष उत्साह

पशुपतिनाथ दर्शन गर्न व्रतालुको भीड, ४ हजार सुरक्षाकर्मी परिचालन

पशुपतिनाथ दर्शन गर्न व्रतालुको भीड, ४ हजार सुरक्षाकर्मी परिचालन

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

संस्थापनइतर पक्षका नेताले पाए केन्द्रीय सदस्यको हैसियत

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar