विराटनगर, ४ साउन । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुव्र्यवहार गरेको आरोपमा दुई शिक्षक र एक सवारी चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शिक्षक किशोरलाल गच्छदार, अबिरल मास्के र सवारी चालक प्रदीप भट्टराई रहेका छन् । प्रहरीले शिक्षकहरूले छात्रालाई परीक्षामा पास गराइदिने आश्वासन दिने, सामाजिक सञ्जालमार्फत अश्लील तथा अमर्यादित सन्देश पठाउने र यौनजन्य दुव्र्यवहार गरेको आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
घटनामा अन्य व्यक्तिको संलग्नता भए कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।














