काठमाडौं, ४ साउन । पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ घटना हुँदा दुई जनाको मृत्यु र १५ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंशबाट दुई जनाको मृत्यु भएको हो । यस अवधिमा २६ वटा पहिरो, १३ वटा सर्पदंश, आठ वटा आगलागी, सात वटा अविरल वर्षा, पाँच वटा जनावर आक्रमण र तीन वटा बाढीका घटना भएका छन् । ४७ जिल्ला प्रभावित भएका छन् भने ११ सडक अवरुद्ध भएका छन् ।
घटनाबाट करिब रु. १२ लाख २७ हजार बराबरको क्षति भएको र उद्धारमा २६७ जना सुरक्षा कर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।














