काठमाडौं, ४ साउन । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट तत्काल नहट्ने निर्णय गरेको छ ।
कोटेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले सरकार छाड्ने विषयमा पार्टी केन्द्रको स्पष्ट निर्देशन नआएसम्म वर्तमान गठबन्धनमै रहने निष्कर्ष निकालेको हो।
कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलले राजीनामाबारे बाहिर आएका समाचार हल्ला मात्र भएको भन्दै पार्टीको आधिकारिक निर्णयपछि मात्रै आवश्यक कदम चालिने बताए ।
संसदीय दलका नेता जगन्नाथ थपलियाले पनि बदलिँदो राजनीतिक परिस्थितिबारे केन्द्र र अन्य दलसँगको छलफलपछि मात्रै थप निर्णय हुने बताए ।














