काठमाडौं, २ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गरेका निर्णयबाट जनतालाई ठूलो क्षति पुगेमा ती निर्णय तत्काल परिवर्तन गर्न सकिने बताएका छन् ।
रौतहटमा नेता–कार्यकर्तासँगको भेटमा उनले सरकारका निर्णय अपरिवर्तनीय नभएको र व्यवहारमा समस्या देखिए सुधार गरिने स्पष्ट पारे ।
सीमा क्षेत्रमा लागू गरिएको सय रुपैयाँको सीमा लगायतका निर्णयबारे उठेको गुनासोपछि उनले प्रधानमन्त्री वालेन्द्र शाह -बालेन) नेतृत्वको सरकारको नियत सही रहेको दाबी गर्दै कार्यान्वयनका क्रममा समस्या आए निर्णय सच्याइने बताए।
किसान, मजदुर र विपन्न वर्गलाई अप्ठ्यारो पार्ने कुनै पनि नीति दीर्घकालसम्म नरहने भन्दै जनतालाई केही समय धैर्य गर्न आग्रह गरे।














