KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न पीडितमैत्री न्याय प्रणाली आवश्यक : मुख्य न्यायाधीश कुँवर

पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न पीडितमैत्री न्याय प्रणाली आवश्यक : मुख्य न्यायाधीश कुँवर

जनकपुर, १ साउन । पीडितलाई सहज, छिटो र प्रभावकारी रूपमा न्याय दिलाउन पीडितमैत्री न्याय प्रणाली अपरिहार्य रहेको सरोकारवालाहरूले जोड दिएका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालय र आफन्त नेपाल धनुषाको संयुक्त आयोजना तथा न्यायाधीश समाज नेपालको सहकार्यमा जनकपुरधाममा आयोजित ‘पीडितको न्यायमा पहुँच’ विषयक अन्तरक्रिया कार्यक्रममा उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश टेकनारायण कुँवरले लोकतान्त्रिक न्याय प्रणालीको आधार नै पीडितको न्यायमा पहुँच सुनिश्चित गर्नु भएको बताउनुभयो।

महिला, बालबालिका तथा जोखिममा रहेका समुदायका अधिकार संरक्षणका लागि राज्य र सम्बन्धित निकाय अझ जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो। उहाँले निष्पक्ष अनुसन्धान, प्रभावकारी अभियोजन र छिटोछरितो न्याय सम्पादनमार्फत मात्र पीडितले वास्तविक न्यायको अनुभूति गर्न सक्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको कानुनी व्यवस्था तथा न्याय प्रणालीमा भएका सुधारबारे पनि जानकारी दिनुभयो।

जिल्ला अदालतकी न्यायाधीश दुर्गा खड्काले पारदर्शी न्यायिक प्रक्रिया, विश्वसनीय प्रमाण र निष्पक्ष सुनुवाइले मात्र न्यायप्रतिको जनविश्वास बलियो बन्ने बताउनुभयो। मुख्य न्यायाधिवक्ता डा. सुनिल रञ्जन सिंहले निःशुल्क कानुनी सहायता दिने नाममा समेत असुली हुने गुनासो आउने गरेको उल्लेख गर्दै यसतर्फ सचेतना र निगरानी आवश्यक रहेको धारणा राख्नुभयो।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा मिटरब्याजसम्बन्धी १० हजारभन्दा बढी उजुरी परेको जानकारी दिँदै वैदेशिक रोजगारी, सहकारी ठगी, घरायसी तथा सम्पत्तिसम्बन्धी विवादका मुद्दा पनि उल्लेख्य रहेको बताउनुभयो। यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले स्थानीय तहबाटै समाधान हुन सक्ने विवादसमेत जिल्ला प्रशासनसम्म आउने गरेको भन्दै स्थानीय न्यायिक संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनीले आर्थिक अभाव, कानुनी जानकारीको कमी र प्रक्रियागत जटिलताका कारण धेरै पीडित समयमै न्यायबाट वञ्चित हुने गरेको बताउनुभयो। महिला मानव अधिकार रक्षक सञ्जाल मधेश प्रदेशकी संयोजक रेखा झाले पीडितलाई अनुसन्धानदेखि फैसला हुँदासम्म प्रत्येक चरणको जानकारी पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका अध्यक्ष तथा इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले मानव अधिकार संरक्षण, अनुगमन, पैरवी र पीडितको न्यायमा पहुँच विस्तारमा इन्सेकले निरन्तर काम गरिरहेको जानकारी दिनुभयो।

आफन्त नेपाल धनुषाकी संयोजक अमृता घिमिरेले संरक्षण, कानुनी सहायता, मनोसामाजिक परामर्श तथा पुनःस्थापनामार्फत पीडितलाई न्यायमा जोड्ने काम भइरहेको बताउँदै सरकारी निकाय र नागरिक समाजबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, हिंसा प्रभावित पीडित र उनीहरूका परिवारजनको सहभागिता रहेको थियो।

Facebook Comment

Related Posts

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar