काठमाडौँ, १ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बीमा सम्बन्धी कसुरमा पक्राउ परेका दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बीमा कसुरमा सुलभ अग्रवालसँग २ करोड रुपैयाँ र दीपक भट्टसँग १ करोड ५० लाख रुपैयाँ तथा धितोपत्र कसुरमा अग्रवालसँग थप १ करोड ५० लाख र भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गरेको हो ।
धितोपत्र सम्बन्धी अर्को मुद्दामा अग्रवालसँग थप २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ । जिल्ला अदालत काठमाडौंले एक सातासम्म निरन्तर सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गरेको हो ।














