जनकपुर, ३२ असार । जनकपुर विमानस्थलबाट बिहान ९ः४५ बजे काठमाडौंका लागि निर्धारित यती एयरलाइन्सको उडान निर्धारित समयमा हुन सकेको छैन ।
स्रोतका अनुसार विमानमा प्राविधिक खराबी देखिएपछि उडानमा ढिलाइ भएको हो । प्राविधिक टोलीले जहाजको परीक्षण तथा मर्मतको काम गरिरहेको बताइएको छ ।
उडान ढिलाइ भएपछि विमानस्थलमा यात्रुहरू लामो समयदेखि प्रतीक्षारत छन् । यती एयरलाइन्सले भने उडान पुनः सञ्चालन हुने समयबारे औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन ।














