काठमाडौँ, ३१ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बेचन झा एक वर्षको कैद सजाय पूरा गरेपछि रिहा भएका छन् ।
काठमाडौँ जिल्ला अदालतले मंगलबार उनलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । अदालतको आदेशपछि केन्द्रीय कारागारले उनलाई थुनामुक्त गरेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई रिहा गरेको हो । झामाथि नक्कली भुटानी शरणार्थीलाई अमेरिका पठाइदिने भन्दै रामशरण केसीबाट दुई करोड रुपैयाँको चेक लिएको आरोप थियो ।
प्रहरीले उनलाई २०८१ असार १५ गते भारतबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो ।














