काठमाडौँ, ३१ असार । प्रतिनिधिसभाको अर्को बैठक अब दुई सातापछि बस्ने भएको छ ।
बुधबार सम्पन्न बैठकमा सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक साउन १४ गतेका लागि तय गरिएको जानकारी दिएका छन् ।
संसद् दुई साताका लागि स्थगित हुनुको कारणबारे औपचारिक जानकारी नदिइए पनि स्रोतका अनुसार सरकारको कामकारबाहीप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा- भित्रै असन्तुष्टि बढेपछि बैठक लामो समयका लागि सारिएको हो ।
पछिल्ला बैठकहरूमा रास्वपाका सांसदहरूले सुकुमवासी समस्या, आत्मदाह प्रकरण तथा सञ्चारगृहका गेटमा गाडी पार्किङ गरिएको घटनालगायत विषयमा सरकारको कार्यशैलीप्रति संसद्मै आलोचना गरेका थिए ।














