काठमाडौं, ३१ असार । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सामुदायिक विद्यालयमा आइतबार दिइँदै आएको बिदा खारेज गरी साताको ६ दिन पठनपाठन सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष काशीनाथ दंगालले दुई दिनको बिदाका कारण विद्यार्थीको सिकाइ अवधि घटेको भन्दै आइतबारको बिदा हटाउनुपर्ने बताए ।
महासंघले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न, शिक्षा नियमावली संशोधन सच्याउन तथा विद्यालय व्यवस्थापन समितिको अधिकार र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरेको छ ।














