काठमाडौं, ३१ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय सभा सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीको कडा आलोचना गर्दै उनलाई ‘नेपाली हिटलर’को संज्ञा दिएका छन् ।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै ठाकुरले सरकारले ट्रेड युनियन र विद्यार्थी संगठनमाथि हस्तक्षेप गरेको, कर्मचारी प्रशासनलाई कमजोर बनाएको तथा जनतालाई दिएका आश्वासन पूरा गर्न नसकेको आरोप लगाए ।
उनले सरकारको कार्यशैलीका कारण देशमा निराशा, आर्थिक समस्या र असुरक्षाको भावना बढेको दाबी गरे ।














