काठमाडौं, ३१ असार । नेपाली कांग्रेस संसदीय दलले पार्टीका सांसद नभएका जिल्लामा संगठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन प्रतिनिधिसभाका सांसदहरूलाई आफ्नो निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी दिएको छ ।
दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
प्रमुख सचेतक बासना थापाका अनुसार विभिन्न सांसदलाई उदयपुर, गोरखा, काठमाडौं, ललितपुर, सिराहा, सप्तरी, पर्सा, चितवन, रुपन्देही, बाँकेलगायत जिल्लाको जिम्मेवारी कार्यादेशसहित तोकिएको छ ।














